पृष्ठभूमि

तमानखोला गाउँपालिकाको नामाकरण यस क्षेत्रकै ठूलो नदी तमानखोलाको नामबाट नामाकरण गरिएको हो । तमान बस्तीलाई आधार मानेर विगतमा तमान गा.वि.स. रहन गएको थियो । यस तमानखोला गाउँपालिका नेपालको संविधान २०७२ अनुसार राज्यको पुर्नसंरचना हुंदा ७ प्रदेश र ७५३ स्थानीय तहमा विभाजन भए अनुसार यस तमानखोला गाउँपालिका बागलुङ जिल्ला, गण्डकी प्रदेशमा पर्दछ । नेपाल सरकारले मिति २०७३।११।२० को निर्णायानुसार देहाय बमोजिम साबिकका गा.वि.स. तमान, बोंङ्गादोभान र खुंखानी गरी ३ वटा गा.वि.स. कायम गरी यो गाउँपालिका बनेको हो । तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजार ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङबाट १० किलोमिटर टाढा रहेको छ । यस गाउँपालिकाको क्षेत्रफल १७८.०२ वर्ग कि.मी रहेको छ । भौगोलिक र सिमाना स्थिति : तमानखोला गाउँपालिका भौगोलिक हिसाबले समुन्द्री सतहबाट १,२३२ मिटरदेखि ३,८३६ मिटरसम्मको उचाई रहेको छ । यस तमानखोला गाउँपालिकाको सिमाना पुर्वमा म्याग्दी जिल्ला, पश्चिममा ढोरपाटन सिकार आरक्ष, उत्तरमा धौलागिरी गाउँपालिका र दक्षिणमा ढो.न.पा–३ पर्दछ । गाउँपालिका ८३°१०′ पुर्वी देशान्तर दखि ८३°१८′ पुर्वी देशान्तर २८°२१′ उत्तरी अक्षांश २८°३०′ उत्तरी अक्षांशसम्म फैलिएको छ । जलवायु : समुन्द्र सतह देखि ३,८३६ मिटरसम्मको उचाईमा रहेको तमानखोला गाउँपालिका क्षेत्रमा औषत तापक्रम आद्रतायुक्त जलवायु भएको पाइन्छ । यहाँ पुष, माघ महिनामा सबैभन्दा बढी जाडो हुने गरेको र सो समयमा यस पालिकाको सोलेडाँडा, नौडल्ले पहाड रमणीय सुन्दर ठाउमा हिउँले भरिएको हुन्छ र सो समयमा न्युनतम तापक्रम ० डिग्री सेल्सीयससम्म पुगेको छ भने बैशाख, जेष्ठ र आषाढ महिनामा २८ डिग्री सम्म पुग्ने गर्दछ साथै वर्षा वार्षिक औषत १५० मि.लि. सम्म हुने गरेको छ । तमानखोला गाउँपालिका धार्मिक तथा ऐतिहासिक स्थान तथा संस्कृतिहरु : • बराह थान ( वराह मन्दिर • भैरव थान • देवी थान • ओडान थान • भुमे थान • खड्ग थान • देउतेनी थान • शिव मन्दिर • कोत घर • लक्ष्मी मन्दिर • धानपाती मण्डली • मण्डली थान मन्दिर • शोलेको डाँड • देउराली डाँडा, दोवारेको झरना • अङकुत्ते देउराली • नोडल्ले पहाड • भित्री वन • बराहताल • झयाउरे नाच र सोरथी नाच • राङगुली देउराली मुख्य नदी तथा खोलाहरु : • तमानखोला • बोङ्गाखोला • स्याउलाखोला जातजाति यस पालिकाको जनसंख्या वि.सं.२०७८ को जनगणना अनुसार यस तमानखोला गाउँपालिकामा बसोबास गर्दै आएका मुख्य जातजातिहरुमध्ये अधिकाशं दलित र आदिवासी जनजातिको बसोबास रहको छ । प्रतिशतको हिसाबमा दलितको ५७.९%, जनजाति ३८.७%, व्राह्मण र क्षेत्री २.९%, थकाली ०.१%, सन्यासी र दसनामी ०.१% र अन्य ०.४% रहेको छ । ब्राह्मण, क्षेत्री जातिको बसोबास वडा नं. २ को सिल्गुम क्षेत्र र केही मात्रामा वडा नं. १ मा बाहेक अन्य वडामा शुन्य रहेको छ । मातृभाषा अनुसार जनसंख्याको संरचना : तमानखोला गाउँपालिकामा बसोबास गर्ने बासिन्दाहरुको बोलीचालीको मूख्य भाषा नेपाली रहेको छ । यस क्षेत्रमा विभिन्न जातजातिको बसोबास रहेपनि बोलीचालीमा अहिले नेपाली भाषा बाहेक अन्य भाषा खासै प्रचलनमा रहेको तथ्यांक फेला पार्न सकिएको छैन । छन्त्याल र मगर भाषा जानेका केही जनसंख्या भने रहेको पाइएको छ जो समुदायमा सो भाषा जानेका बिच बोलचाल गर्ने गरेका छन् । वि.सं.२०७८ को जनगणना अनुसार यस तमानखोला गाउँपालिकामा महिला ५,३८९ र पुरुष ४,५९३ जनसंख्या गरी कुल जनसंख्या ९,९८२ रहेको छ । यस गाउँपालिकाको नवगठित संरचना अनुसार वडा संख्या, क्षेत्रफल एवं वडागत रुपमा जनसंख्याको विवरण तलको तालिका अनुसार रहेको छ ।

Read More  

वडाहरु

घरधुरी

२१८०

जनसंख्या

१०२६५

पुरुष जनसंख्या

५२१३

महिला जनसंख्या

५०५२

अन्य जनसंख्या

क्षेत्रफल (वर्ग किमी)

१७८.०२
भौगोलिग विवरण
  • पुरुष १४२६
  • महिला १३५७
  • जम्मा(पुरुष + महिला) २७८३
  • ( घरधुरी ) ५४६
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ११८९
  • महिला १२२९
  • जम्मा(पुरुष + महिला) २४१८
  • ( घरधुरी ) ५१४
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ९२२
  • महिला ८९३
  • जम्मा(पुरुष + महिला) १८१५
  • ( घरधुरी ) ३९४
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ५८०
  • महिला ५३६
  • जम्मा(पुरुष + महिला) १११६
  • ( घरधुरी ) २५४
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ६५१
  • महिला ६२५
  • जम्मा(पुरुष + महिला) १२७६
  • ( घरधुरी ) २८५
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ४६३
  • महिला ४२७
  • जम्मा(पुरुष + महिला) ८९०
  • ( घरधुरी ) १८७
नक्शा
जन प्रतिनिधि

अवलोकन

व्यवसाय

कृषि ४७८८
ब्यापार १६१
बैदेशिक रोजगारी ६७६
सरकारी नोकरी ४७
शिक्षक ९७
गैर सरकारी जागिर / नोकरी ६८
ज्याल मजदुर २३४
यातायात मजदुर १३
उद्यमी
स्वरोजगार ४१
बेरोजगार १४०
गृहणी १९०
विद्यार्थी १६४४
राजनीति सदस्य १७

नक्शा